सोनादा: रेलवे प्रशासनको निर्देशनमा दार्जिलिङ रेलवे स्टेशनमा यात्रीहरूका समस्या, सुझाव, गुनासो तथा प्रतिक्रियाहरू सुन्ने उद्देश्यले ‘रेल जन संवाद’ कार्यक्रम आयोजना गरियो।स्टेशन म्यानेजर सुमन प्रधान, एसएम शिशिर प्रधान तथा सीसीएमआई/डीएचआर किपा शेर्पाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा यात्रीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनीहरूका समस्या, सुझाव, गुनासो तथा यात्रासम्बन्धी अनुभवहरूबारे जानकारी लिइयो। कार्यक्रममा यात्रीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो। सोही क्रममा केही समस्याहरूको समाधान बैठकस्थलमै तत्कालै गरिएको थियो भने अन्य सुझाव तथा मागहरूलाई आवश्यक पहलका लागि उच्च अधिकारीहरूसमक्ष प्रस्तुत गरिएको जनाइएको छ। यात्री तथा पर्यटकहरूलाई अझ सहज, सुरक्षित र सुविधाजनक रेलयात्राको अनुभव प्रदान गर्ने उद्देश्यले यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू नियमित रूपमा आयोजना गरिने रेलवे प्रशासनले जनाएको छ।





