दार्जिलिङ पहाडका पर्यटन स्थलहरूको विकासमा ध्यान दिन पर्यटन मन्त्रीलाई होमस्टे संघहरूको निबेदन

beb2aa43-bcd9-4837-80ea-bfded4fda355

दार्जिलिङ: सोनादा क्षेत्रलाई मात्र होइन तर सम्पूर्ण दार्जिलिङ क्षेत्रका प्रमुख पर्यटन गन्तव्यहरूको समग्र विकासमा विशेष पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
जोरबङ्लो–सुखे पोखरी ब्लक होमस्टे एसोसिएसन तथा सोनादा हिमालयन होमस्टे एसोसिएशनले संयुक्त रूपमा पर्यटन मन्त्री शंकर घोषलाई पहाडी क्षेत्रमा प्रत्यक्ष भ्रमण गरी पर्यटनको वास्तविक अवस्था अवलोकन गर्न अपिल गरेका छन्। संघका प्रतिनिधिहरूले चिया बगान क्षेत्र, विभिन्न होमस्टे, वन क्षेत्रका होमस्टे तथा ती स्थानहरूमा सञ्चालन भइरहेका सरसफाइ अभियानलगायत पर्यटनसँग सम्बन्धित गतिविधिहरूको निरीक्षण गर्न मन्त्रीलाई अनुरोध गरेका छन्। उनीहरूका अनुसार दार्जिलिङका विभिन्न पर्यटन गन्तव्यहरूको पूर्वाधार विकास, सरसफाई, पर्यटक मंत्री वातावरण तथा स्थानीय होमस्टे व्यवसायको प्रवर्द्धनका लागि सरकारको प्रत्यक्ष चासो र सहयोग आवश्यक रहेको छ। त्यसैले पर्यटन मंत्री स्वयं पहाडमा आएर स्थलगत अवलोकन गरी आवश्यक योजना तथा पहल अघि बढाउन संघहरूले आग्रह गरेका छन्। यस अवसरमा जोरबङ्लो-सुखे पोखरी ब्लक होमस्टे एसोसिएसन एंव हिमालयन होम स्टेकी सभापति उर्मिला शेर्पाले जानकारी गराएकी छन्।

About Author

Advertisement