दार्जीलिङ: नगरपालिका वार्ड नम्बर १७ अन्तर्गत भिक्टोरिया पुलगामी आरएन सिन्हा रोड मर्मतिको विधिवत शिलान्यास गरियो। धेरै समय अघिदेखि जीर्ण अवस्थामा रहेको उक्त बाटो मर्मतिको लागि क्षेत्रवासीहरुको निवेदनअनुसार नगरपालिका वोर्डद्वारा कार्य थालनी गरिएको नगराध्यक्ष दिपेन ठकुरीले बताए।










