आजदेखि दार्जिलिङमा चार दिवसीय ‘मेलो टी फेस्ट’ आरम्भ

IMG-20241219-WA0204

दार्जीलिङ: दार्जिलिङमा‌ आजदेखि चार दिवसीय ‘मेलोटी फेस्ट’ आरम्भ भएको छ। यस मेलो टी फेस्ट’-मा पहाडका १६ वटा सांस्कृतिक विकास बोर्डहरुले पनि अंशग्रहण गरेका थिए। यस महोत्सवमा‌ सहभागिता जनाउँदै मोटर स्ट्याण्डदेखि चौरस्ता परिसरसम्म‌ रैली आयोजना गरिएको छ। दार्जीलिङ पुलिस अनि जीटीएको संयुक्त आयोजनामा हुने उक्त महोत्सवलाई मुख्यन्त्री ममता ब्यानर्जीले भर्चुएल उदघाटन गरिन्। यसलाई केन्द्र गरेर पहाडिया अल्पसंख्यक विकास बोर्ड अध्यक्ष डा. सोलोमन सुब्बाले दार्जीलिङ पुलिस प्रशासनको उक्त पद्क्षेपको प्रशंसा गर्दै पुरानो दार्जीलिङ फर्काइ ल्याउने पहलको स्वागत जनाए।‌

पहाडका सांस्कृतिक विकास बोर्डहरुले पारम्परिक खानपीन, सांस्कृतिक गीत नृत्यसँगै अन्तर जातगोष्ठी भेषभूषा केन्द्रित फेसन सो गर्ने जानकारी छ।

About Author

Advertisement