दार्जिलिङको लालकोठीमा जीटीएको सभा

IMG-20260925-WA0089

दार्जिलिङ: दार्जिलिङस्थित लाल कोठीमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) सभाको बैठक सम्पन्न भएको छ। उक्त बैठक गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रशासक स्मृतिरञ्जन मोहन्ती, आईएएसको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा २९ जाना सभासदहरूको उपस्थिति रहेको जानकारी प्राप्त भएको छ। बैठकमा जीटीए अन्तर्गतका विभिन्न विषय तथा जीटीए क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण मुद्दाहरूमाथि छलफल भएको बताइएको छ।

सभामा जीटीएका सभासद्हरू तथा सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको छ। बैठकका क्रममा विकास कार्य, प्रशासनिक विषय तथा जनसरोकारसँग सम्बन्धित विभिन्न प्रस्तावहरूमाथि छलफल र निर्णय गरिएको जानकारी प्राप्त भएको छ।बैठकबाट हुने निर्णय तथा छलफलका विषयले आगामी दिनमा जीटीए क्षेत्रको विकास र प्रशासनिक गतिविधिमा प्रभाव पार्ने देखिएको छ।

About Author

Advertisement