दार्जिलिङ: तक्दाह क्यान्टोमेन्टस्थित ग्रामीण अस्पतालमा शुक्रबार बिहानको समय लगभग ३ बजीतिर अस्पताल परिसरमा पैह्रो गएर निर्माण गरिएको सुरक्षा पर्खाल अचानक भत्किँदा मेल वार्डमा उपचाराधीन अवस्थामा रहेका चारजना घाइते भएको जानकारी प्राप्त भएको छ।
प्राप्त जानकारी अनुसारटौ रातिको समयमा अस्पतालको सुरक्षा वाल भत्किएर मेल वार्डतर्फ खसेको थियो। घटनापछि मेल वार्डमा रहेका बिरामी तथा उनीहरूका आफन्तबीच केही समय त्रासको अवस्था सिर्जना भएको बताइएको छ।
घाइतेमध्ये लगभग ६० वर्षीय निर्मल तामाङको अवस्था गम्भीर रहेको जनाइएको छ। उनी आफ्नो बिरामी छोराको स्याहार सुसारका लागि अस्पतालमा बसेका बेला वाल भत्किएर लागेर घाइते भएको बताइएको छ। घटनापछि घाइते चारैजनाको अस्पतालमै उपचार भइरहेको बताइएको छ। यसैबीच स्थानीयवासीले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा निर्माण गरिएको संरचना भत्किनुको कारणबारे छानबीन गर्न माग गरेका छन्।

यसको साथै निर्माण कार्यको गुणस्तर तथा सुरक्षाका मापदण्ड पालना गरिएको थियो वा थिएन भन्ने विषयमा सम्बन्धित निकायले अनुसन्धान गर्नुपर्ने माग गरिएको छ। घटनाबारे अस्पताल प्रशासन तथा सम्बन्धित निकायबाट आधिकारिक विवरण आउन बाँकी रहेको छ।





