दरापमा डा. इन्द्रहाङ सुब्बाद्वारा नव-निर्मित ल्याम्प हाउसको उद्घाटन

FB_IMG_1781457083081

एमपील्याड्स कोषबाट ५ लाखको सहयोग

दराप: सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाको बाहुलीबाट दरापको लेबुन्बा पुङ्वा नी इङ्ग युकमा नव-निर्मित ल्याम्प हाउसको विधिवत् उद्घाटन सम्पन्न भएको छ। यस महत्वपूर्ण परियोजनाको निर्माणका निम्ति सांसद सुब्बाको एमपील्याड्स योजना अन्तर्गत ५ लाख रूपियाँको आर्थिक सहयोग प्रदान गरिएको थियो।

​विशेष अनुष्ठान अनि आध्यात्मिक गरिमा बोकेको यस उद्घाटन कार्यक्रममा सिकुम सियोङ सेप्सिङ युमा माङ्गको गरिमामय उपस्थिति रहेको थियो। यसका साथै, कार्यक्रममा एसटीसीएसका सल्लाहकार डिल्लीराम लिम्बू, युक्सम-टाशीडिङ निर्वाचन क्षेत्रका विधायकका ओएसडी बसन्त तामाङ र युमा माङ्ग मङ्गहिम निर्माण समितिका सदस्यहरू लगायत स्थानीय जनसमुदायको बाक्लो उपस्थिति थियो।

​यस ल्याम्प हाउसको उद्घाटनले दराप क्षेत्रका रैथाने समुदायको आध्यात्मिक अनि सांस्कृतिक परम्परालाई अझ सुदृढ र मजबुत बनाउने दिशामा एउटा ठूलो कोसेढुङ्गो साबित गर्ने विश्वास व्यक्त गरिएको छ। आगामी दिनहरूमा यस पवित्र स्थलले भावी पुस्ताका निम्ति एउटा बलियो श्रद्धा, आस्था र भक्तिको केन्द्रका रूपमा काम गर्ने आशा प्रकट गरिएको छ।

About Author

Advertisement