गान्तोक सिक्किममा उदाउदै गरेको राजनीतिक दल सिटिजन एक्सन पार्टी – सिक्किमको आज पार्टीका प्रमुख समन्वयक गणेश राईको निजी बासस्थानमा एउटा सभाको सञ्चालन भयो। स्मरण रहोस् यस पार्टीले समयमा नै आजको सभालाई जोरथाङमा गराउने निर्णय लिएको थियो तर पार्टीका प्रमुख समन्वयक गणेश राईको आइतबारे लाईभ सम्बोधनमा दक्षिण जिल्ला प्रशासनले पहिले अनुमती दिएर दुइदिन अगाडी मात्र माईको अनुमति नदिएर कार्यक्रमलाई रद्ध गरिदिएको थियो।

यसैगरी गत १ दिसम्बरको दिन सिटिजन एक्सन पार्टीका मुख्य प्रवक्ता डीबी चौहानले एउटा प्रेसवार्ता मार्फत सत्तारूढ दल एसकेएमले सिटिजन एक्सन पार्टीको हरेक सभालाई बाधा दिएको आरोप लगाएका थिए। प्रशासनले उक्त जोरथाङको कार्यक्रमलाई रद्द गरिदिएपछि आज गणेश राईकै निजी बासस्थानमा कार्यक्रमलाई निरन्तरता दिइयो। यसैक्रममा दक्षिण सिक्किम अन्तर्गत मल्ली डाँडामा प्राप्त जानकारी अनुसार लगभग १८०० जनाले सिटिजन एक्सन पार्टीलाई समर्थन जनाएका छन्।

पार्टीमा सामेलमा हुनुहरूमा एसकेएमका संंस्थापक सदस्य अनि एनएचपीसीका पूर्व उपाध्यक्ष हरिचन्द्र छेत्री , सामाजिक अभियन्ता फुरी शेर्पा , पूर्वमन्त्री बीएम रामुदामु इत्यादि रहेका छन्।









