वृद्धद्वारा आत्महत्या गरियो

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः कोलकाताको मुकुन्दपुरमा एक हाउसिङ कम्प्लेक्सको १७औं तलाबाट हाम फालेर ७२ वर्षीय वृद्धले आत्महत्या गरेको छ। घटना आइतवार बिहान ई एम बाइपासको हो। मृतकको नाम रन्जन बोस बताइएको छ। स्थानीय सूत्रहरू अनुसार, वृद्ध लामो समयदेखि मानसिक अवसादले ग्रस्त थिए। केही वर्षअघि पनि उनले आत्महत्या गर्ने प्रयास गरेका थिए। पुलिस सूत्रहरू अनुसार, आइतवार बिहान वृद्धले बाइपास छेउ स्थित बहुतले बिल्डिङको १७औं तलाबाट हाम फालेर आत्महत्या गरे। उनी ब्याङ्कको कर्मचारी थिए।

फ्ल्याटमा उनी एक्लै बस्थे। उनको छोरा दिल्लामा बस्दछ। केही दिनअघि उनकी पत्नी छोरा कहाँ गएकी थिइन्। यसपछि उनले यो कदम उठाए। बिहान सात बजी आवासका सुरक्षा गार्डहरूले फ्ल्याटमुनि वृद्धको शव भेटाए। पुलिसले आत्महत्याको मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिस

About Author

Advertisement