चेन्नई काम गर्न गएका सिकन्दर मुन्डा निखोज

aafede37-26ac-42e2-8947-e9e12b27026a

कालचिनीः डुवर्सको चियाबारी र बनबस्ती गाउँहरूबाट दिनहुँ राज्य बाहिर रोजगारको निम्ति विस्थापित हुनेहरूको संख्या बढ़दो छ। डुवर्समा कुनै प्रकारको रोजगार गर्ने माध्यम नभेटेपछि गाउँले युवाहरू वैवाहिक जोड़ीहरू र महिला र पुरुष जति बाहिर काम माम खोज्न बाध्य भएका छन्। यसै क्रममा डुवर्सको कालचिनी खण्ड अन्तर्गत पर्ने डिमा चियाबारी निवासी सिकन्दर मुन्डा उमेर २९ गत २० सेप्टेम्बरको दिन आफ्नै साथीहरूको समूहमा चेन्नईको ट्रेन चढ़ेर हिँड़ेको थियो। २२ सेप्टेम्बरको दिन चेन्नई स्टेशनमा ओर्लिएपछि सिकन्दर मुन्डा हठात निखोज बनेको थियो।
सिकन्दर मुन्डा अचानक यसरी बेपत्ता बनेको कुरा यता घरमा तिनको पत्नी जुनिता उराँवलाई पुगेपछि निखोज पतिको खोजी चलाईदिन साथी भाईहरूलाई गुहार माग्दै आईरहेको थियो। यसै क्रममा एक सप्ताहसम्म पनि निखोज पतिको कतै पतो नचलेपछि निखोजका पत्नी जुनिता उराँवले कालचिनी थानामा शनिबार पति निखोज भएको प्राथमिकी दर्ता गरेकी थिईन्।
थानामा प्राथमिकी दर्ता पश्चात जुनिता उराँवले कालचिनीको कृपा एनजीओलाई निखोज पति सिकन्दर मुन्डाको खोजीमा मदत गरिदिने निवेदन गरेका छन्। यता कृपा एनजीओको सचिव डा. कमल कुजूरले काम गर्न चेन्नई पुगेका सिकन्दर मुन्डा कसरी निखोज भए यसको जाँच एनजीओ टोलीहरू र पुलिसको सहयोगमा चलाईने जनाएका छन्। डुवर्सबाट यसरी काम गर्न जानेहरू अधिकांश नै एजेन्ट तथा दलालहरूको नेटवर्कमा पर्ने गरेको र परिवारको लागि कमाउन गएको मान्छे नै यसरी बेपत्ता बनेकोले पीड़ित परिवारमा चिन्ताको लहर छाएको छ र निखोजको खोजी गर्न सम्बन्धित रेलवे स्टेशन र सहयोगी एनजीओहरूको मदत लिईने डा. कमल कुजूरले जनाएका छन्।

About Author

Advertisement