थाईल्याण्ड ओपनको सेमिफाइनलमा पुगे लक्ष्य सेन

IMG-20230602-WA0201.jpg

२ जूनः भारतका प्रतिभाशाली युवा ब्याडमिण्टन खेलाड़ी लक्ष्य सेनले पुरुष एकलमा मलेशियाका लियोंग जुन हाओलाई सीधा गेममा पराजित गरी थाईल्याण्ड ओपन सुपर ५०० टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनाए। एक्काईस वर्षीय भारतीय खेलाड़ीले क्वार्टर फाइनलमा मलेशियाई खेलाड़ीलाई २१-१९, २१-११-ले पराजित गरे। यस जीतको साथै उनी यस सत्रमा पहिलोपल्ट कुनै टुर्नामेण्टको अन्तिम चारमा पुगे। इण्डोनेशिया मास्टर्समा उनी क्वार्टर फाइनलमा पराजित भएका थिए। सेमिफाइनलमा सेनको भिड़न्त चीनका पाँचौं वरीयता प्राप्त लु गुआंग जु र थाईल्याण्डका दोस्रो वरीयता प्राप्त कुनलावुत वितिदसर्णबीच खेलिने म्याचको विजेतासँग हुनेछ। यसको अन्य एउटा म्याचमा भारतका किरण जर्जको अभियान फ्रान्सका टोमा जूनियर पोपोव विरुद्ध १६-२१, १७-२१-ले पराजयको साथ समाप्त भयो।

About Author

Advertisement