खरसाङ सुपर लीग:दिलाराम एफसी र कञ्चनजंघा एफसी विजयी

photocollage_20236218153845.jpg

२ जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ सुपर लीगमा शुक्रवार पूल बी बाट दुईवटा म्याच खेलियो। चानमारी मैदानमा खेलिएको दिनको पहिलो म्याचमा दिलाराम फूटबल क्लबले जेआर३२ फूटबल एकाडमीलाई ४-१-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले रोहिनी फूटबल क्लबलाई ४-२-ले पराजित गऱ्यो। दोस्रो म्याचमा विजेता टीमबाट मिक छिरिंग तामाङ, निशान्त लोहार, नितेन तामाङ र सुशिल नायकले गोल गरे। यसरी रोहिनी एफसी-बाट बिक्रम दर्जी र करण राईले गोल गरे। आजको पहिलो म्याचमा नितेश देवान मुख्य रेफरी रहेको थिए। यसरी सहायकको भूमिकामा अमित भुजेल र प्रतीक गुरुङ थिए। यसरी दोस्रो म्याचमा अमित गुरुङ रेफरी रहेका थिए। सहायतको भूमिकामा नितेश देवान र प्रतीक गुरुङ थिए। फोर्थ अफिसियलको जम्मेवारी सञ्जय थापाले निर्वाह गरेका थिए। लीगमा खरसाङ निर्वाचन छेत्रका जम्मा ११ वटा टीमले हिस्सा लिएको छ, जसमा सुकनाको कञ्चनजंघा फूटबल क्लब (केएफसी) पनि सामेल छ। दुईवटा सेमिफाइनल २२ जूनमा खेलिनेछ। फाइनल २५ जूनमा हुनेछ। लीगको फाइनलमा पुग्ने दुईवटा टीमलाई आउँदो हर्ली कपमा सिधै प्रवेश दिइनेछ।

About Author

Advertisement