त्रिपुरा: मुख्यमन्त्री मानिक साहाद्वारा केन्द्रीय गृह मन्त्री अमित शाहसँग भेट

FB_IMG_1786467904405

राज्यको विकास र विकास निर्माणबारे छलफल

नयाँ दिल्ली: त्रिपुराका मुख्यमन्त्री डा. मानिक साहाले नयाँ दिल्लीस्थित संसद भवनमा भारतका केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहसँग उच्चस्तरीय भेटवार्ता गरेका छन्। भेटका क्रममा मुख्यमन्त्री साहाले त्रिपुराको समग्र विकास, प्रगति तथा राज्यसँग जोडिएका विभिन्न समसामयिक एवं महत्त्वपूर्ण विषयहरूमा गृह मन्त्रीलाई जानकारी गराएका छन्।
​सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिँदै मुख्यमन्त्री साहाले गृहमन्त्री शाहसँग त्रिपुराको चौतर्फी विकास, पूर्वाधार निर्माण र राज्यको हितसँग सम्बन्धित प्रमुख मुद्दाहरूमा फलदायी छलफल भएको बताएका छन्। भेटवार्तामा राज्यको शान्ति सुरक्षाका साथै विकास निर्माणका योजनाहरूलाई द्रुत गतिमा अघि बढाउने विषयमा समेत गहन परामर्श भएको जनाइएको छ।

About Author

Advertisement