नयाँ दिल्ली: दुईपल्टकी ओलम्पिक पदक विजेता तथा पूर्व विश्व च्याम्पियन पीभी सिन्धूले नयाँ दिल्लीमा हुने बीडब्ल्यूएफ ब्याडमिण्टन विश्व च्याम्पियनशीपको तयारीहरूबीच बाँदरहरूलाई खेदाउन अप्नाइने अनौठो भारतीय तरिकाको सराहना गरेकी छन्। सिन्धूले बताएअनुसार, समाधान धेरैलाई ठट्टा लाग्न सक्छ तर वैश्विक टुर्नामेण्टको आयोजनको निम्ति पर्दा पछि भइरहेको मेहनतको सराहना पनि गर्नु पर्छ। टुर्नामेण्टको आयोजन स्थल इन्दिरा गान्धी इण्डोर स्टेडियममा बाँदरहरूलाई प्रवेश गर्नदेखि रोक्न केही मानिसहरूलाई नियुक्त गरिएको छ, जसले लंगूरको आवाज निकाल्नेछन्। यस खबरको एकजना पत्रकारले सोशल मीडियामा जानकारी दिएका छन्। त्यस पोस्टमाथि प्रतिक्रिया व्यक्त गर्दै सिन्धूले भारतीय अन्दाजमा अप्नाइएको यस समाधानमाथि आफ्नो विचार राखेकी छन्। सिन्धूले लेखेकी छन्, यस समाधानको कुरा सुनेर धेरैलाई हाँस उठ्न सक्छ तर प्रयास मलाई राम्रो लाग्यो। सम्पूर्ण विश्वको स्वागत गर्न भारतको तयारीहरूलाई सुनिश्चित गर्न धेरै मानिसहरूले पर्दा पछि काम गरिरहेका छन्। हाम्रो समाधान देसी लागे पनि हाम्रो जोश, हाम्रो भावना र हाम्रो आतिथ्य पनि उत्तिकै खास छ। पूरा ब्याडमिण्टन जगतको स्वागत गर्न दिल्ली तयार छ।चाँड़ै भेट्नेछौं। उल्लेखनीय छ, बीडब्ल्यूएफ विश्व च्याम्पियनशीप १७-देखि २३ अगस्तसम्म नयाँ दिल्लीको इन्दिरा गान्धी इण्डोर स्टेडियममा आयोजन गरिनेछ। यसै स्टेडियममा यस साल जनवरीमा इण्डिया ओपनको आयोजन गरिएको थियो, जहाँ विदेशी खेलाड़ीहरूले सुविधाहरू र व्यवस्थाहरूलाई लिएर प्रश्न उठाएका थिए। टुर्नामेण्टको अवधि कोर्टमा परेवाको मल र स्टेडियममा बाँदर देखिने घटनाले आयोजकहरूको निक्कै आलोचना भएको थियो। यसबाहेक तत्कालीन विश्वका नम्बर एक खेलाड़ी डेनमार्कका एण्डर्स एण्टोनसनले अत्याधिक प्रदूषणको कारण बताएर लगातार तेस्रो साल टुर्नामेण्टबाट नाम फिर्ता लिएका थिए। यसरी डेनमार्ककै खेलाड़ी मिया ब्लिचफेल्टले पनि कोर्टको परिस्थितिहरूलाई अस्वीकार्य र चरम गैर-पेशादार बताएकी थिइन्। विश्व च्याम्पियनशीप अघि स्टेडियमको जाँचको अवधि ब्याडमिण्टन एसोसिएशन अफ इण्डिया (बीएआई)-का महासचिव सञ्जय मिश्राले इण्डिया ओपनको अवधि देखा परेको समस्याहरू फेरि देख्न नपाइने भरोसा व्यक्त गरे। उनले भने, वर्तमान व्यवस्थाहरूलाई लिएर सन्तुष्टि छ अनि इण्डिया ओपनको अवधि अघि आएको कमीहरूलाई पूरा गर्न काम गरिएको छ। विश्व च्याम्पियनशीपको अवधि पुरानो समस्याहरू नदोहोरिने विषयमा बीडब्ल्यूएफ पनि आश्वस्त छ। भारतमा १७ सालपछि विश्व च्याम्पियनशीपको आयोजन हुनु देशको निम्ति गर्वको कुरा हो।











