तोरण भत्किन्दा कोलकाता पुलिसका अतिरिक्त सीपी मुरलीधर शर्मा घाइते

कोलकाता। सेफ ड्राइभ सेभ लाइफ हाफ म्याराथन कार्यक्रममा कोलकाता पुलिसका अतिरिक्त सीपी (१) मुरलीधर शर्मा तीव्र हावाका कारण तोरण भत्किन्दा गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। घटनास्थलबाट हतप्रभ उनलाई बेलेभ्यु अस्पताल लगेर उपचार शुरु गरेका छन्।

हाफ म्याराथन कोलकाता पुलिसले आयोजना गरेको थियो तर हावाहुरीले फिनिसिङ प्वाइन्टको तोरण भाँच्दा अतिरिक्त सिपी मुरलीधर शर्मा घाइते भएका हो। चिकित्सकहरुका अनुसार चिन्ताको कुनै कुरा छैन र उनी खतरामुक्त छन्।

About Author

Advertisement