तेस्रो ब्याडमिन्टन कप प्रतियोगिताको फाइनल खेल सम्पन्न

n5623434021701700865435e980c28b89c3ca300bf049b9c4ea92f1164592bff7057f2f6fa87cb17b7ae626.jpg

गान्तोक: स्टेट ब्याडमिन्टन एसोसिएशन अनि राजभवनको संयुक्तरुपमा आयोजित तेस्रो ब्याडमिन्टन कपको फाइनल खेल हिजो सम्पन्न भयो। राजधानीस्थित पाल्जर स्टेडियमको जिम्नेजियम हलमा आयोजित कार्यक्रममा राज्यका पूर्व राज्यपाल गंगा प्रसाद मुख्य अतिथिको रुपमा उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा वर्तमान राज्यपाल लक्ष्मण प्रसाद आचार्य र मुख्यमन्त्री प्रेमसिंह तामाङ थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राज्यपाल गंगा प्रसादले सिक्किम राज्यमा खेलकूद लगायत अन्य क्षेत्रमा भइरहेको विभिन्न कार्यहरूको प्रशंसा गरे। यसका साथै उनले आफू राज्यको राज्यपाल हुँदाको मिठो संस्मरणहरू पनि साझा गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि यो प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाड़ीहरूको प्रशंसा गर्दै उनीहरूको मनोबल बढ़ाउने कार्य गरे।

कूल तीनवटा वर्गमा फाइनल खेल सम्पन्न भएको थियो, जसमा अफिसर्स मिक्स डबल्समा जेबी गुरूङ अनि तीतस मिश्र वनाम कीङ्गा तार्छेन अनि जेकब खालिङमाझ फाइनल भिड़न्त भयो। यो खेलमा जेबी गुरूङ अनि तीतस मिश्रको जोड़ी विजयी बन्यो।

यसका साथै महिला वर्गको एकल खेलमा अनिषा राई वनाम सुनन्दिता विष्टमाझ भएको थियो जसमा सुनन्दिता विष्ट विजयी बनेकी छन् भने मेन्स डबलमा उत्तम जिन्दल अनि एमोन राईमाझ सम्पन्न भयो जसमा उत्तम जिन्दल विजयी बनेका छन्।

विजयी खेलाड़ीहरूलाई मुख्यमन्त्री प्रेमसिंह तामाङ, पूर्व राज्यपाल गंगा प्रसाद, राज्यपाल लक्ष्मण प्रसाद आचार्यले संयुक्त रुपमा विजेता अनि उपविजेताहरूलाई मेडल ट्रफी अनि पुरस्कार प्रदान गरे।

About Author

Advertisement