जिल्ला प्रशासनिक केन्द्रबाट ४५० वटा ईभीएम सारियो

IMG-20231204-WA0223.jpg

गान्तोक: गान्तोक जिल्लास्थित जिल्ला प्रशासनिक केन्द्रमा राखिएको ईभीएम वेयर हाउस हिजो खोलियो। गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेको उपस्थितिमा खोलिएको वेयर हाउसबाट कूल ४५० वटा ईभीएम मशिन डाइय कलेजमा जाँचको निम्ति सारिएको छ। आजदेखि उक्त मशिनको जाँच प्रक्रिया शुरू भएर आगामी ६ दिसम्बरसम्म निरन्तर चल्ने जानकारी गराएको छ। यी सबै इभीएमहरू केवल गान्तोक जिल्लाको निम्ति रहेको बताइएको छ। उक्त अवसरमा राज्यका विभिन्न राजनीतिक दलका प्रतिनिधि, पुलिस, चुनाउ अधिकारी लगायत अतिरिक्त जिल्लापालको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement