कालचिनीः चियाबारी श्रमिकहरूको रोज वृद्धि १८ रुपियाँ गरेको विरुद्ध चियाबारी मालिकपक्षले अदालतमा यसको मुद्दा हालेको प्रतिवादमा तृणमूलको श्रमिक संगठन तृणमूल चियाबारी श्रमिक यूनियन (टीसीबीएसयू) ले चाँडै बीरपाड़ामा यसको केन्द्रिय बैठक गरेर प्रत्येक चियाबारीमा गेटसभा शुरु गर्ने जानकारी मङ्गलबार तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीकबडाइकले दिएका छन्। मङ्गलबार कालचिनीस्थित तृणमूल ब्लक कमिटीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रकास चीक बडाइकले मालिकहरूले श्रमिकहरूको रोज वृद्धिको विरोधमा अदालतमा उजुरी हालेको छ त्यसको प्रतिवादमा टीसीबीएसयूले आन्दोलन गर्ने चेताउनी दिएको छ।
श्रम विभागले चिया श्रमिकहरूको दैनिक रोजमा १८ रुपियाँ वृद्धि गरेको अधिसूचना जारी गरिसकेको तर मालिकपक्षले यसलाई जसरी अमान्य गर्न खोज्दैछन यसको प्रतिवाद श्रमिकहरूको हितमा तृणमूलले गर्ने बताएका छन्। पत्रकार सम्मेलनमा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाइकले तृणमूल सरकारले श्रमिकहरूको रोज वृद्धि गर्दै आईरहेको र श्रमिकहरूको निम्ति अस्पताल र क्रेच हाउस पास गरेको र यसपाली श्रम विभागले १८ रुपियाँ रोज वृद्धि गरेको अधिसूचना जारी गरिसकेको तर मालिकपक्षले यसको विरुद्ध अदालतमा मुद्दा लगेको तर तृणमूल यसबाट पछि नहटने र केन्द्रिय बैठक पश्चात अब चियाबारीमा लगातार गेटसभा गर्ने जनाएका छन्।











