तृणमूलले गृहमन्त्रीलाई ५१ हजार चिट्ठी लेख्यो, केन्द्रमाथि लगायो वाचा पूरा नगरेको आरोप

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः कोलकातामा बुधवार हुने केन्द्रिय मन्त्री अमित शाहको जनसभाअघि तृणमूल युवा कांग्रेस र तृणमूल छात्र परिषद (टीएमसीपी) ले केन्द्रिय गृहमन्त्रीलाई लगभग ५१ हजार पत्र पठाएको छ।

चिट्ठीमा उनीहरूले शिकायत गरेका छन्, केन्द्र सरकारले राजनीतिक प्रतिशोधको भावनाले बंगाललाई वञ्चित गरिरहेछ। सय दिनको कामको भुकतान बंगालवासीहरूको उचित अधिकार हो, केन्द्रले त्यो दिइरहेको छैन। २०१४ मा पीएम नरेन्द्र मोदीले हरेक साल दुई करोड़ नौकरी दिने वाचा गरेको थियो तर देशमा बेरोजगारीको दर बढ्दै गइरहेछ। समानहरूको दर लगातार बढ़िरहेछ। युवा तृणमूलका प्रदेश अध्यक्ष सोयोनी घोष, तृणमूल छात्र परिषदका अध्यक्ष तृनाकुर भट्टाचार्यले पनि अमित शाहलाई एउटा खुल्ला चिट्ठी लेखेका छन्।

बुधवार शाहको सभा भएको कारण कुनैपनि विधायक विधानसभामा पुगेनन्। आईएसएफ विधायक नौशाद सिद्दीकी एकमात्र विपक्षका रूपमा उपस्थित छन्। उनले दाबी गरे, भाजपाले विधानसभाभित्र विरोध प्रदर्शन गरेको थियो। जति सम्भव म त्यसको विरोध गर्ने प्रयास गर्छु।

-हिस

About Author

Advertisement