खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईको तीनधारे चियाबारीको बन्दुके गाउँमा रातभरि परेको पानीले पैह्रोले धेरै घरहरु खतरामा परेको छ। बन्दुके गाउँको थेबा तामाङको पैह्रोको चपेटमा परेको छ भने उक्त पैह्रोले वरिपरिका घरहरुलाई पनि निक्कै खतरा बनेको छ। थेबा तामाङको घरको भित्ता पैह्रोको चपेटमा परेर घरबाट अन्यत्र सर्न बाध्य बनेको जानकारी प्राप्त भएको छ। यसको साथै उक्त पैह्रोले सुकराज तामाङको घर पनि खतरामा परेको छ। यसको साथै वरिपरिका घरहरु पनि पैह्रोको चपेटमा परेको छ। बन्दुके गाउँमा अशोक राईको घरमुनि पनि पैह्रो गएर खतरा उत्पन्न भएको छ। यसको साथै पैह्रोको चपेटमा घरहरु साथै नजिकको बिजुली बत्तीको पोल पनि पैह्रोले तान्ने अवस्थामा रहेको र वरिपरिका घरहरुलाई धेरै खतरा भएको बताइएको छ। उक्त पैह्रो क्षेत्रको निरीक्षण गर्न घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य एंव भारतीय जनता पार्टीको अनुसूचित जातिको तीनधारे महानदी मण्डलको सभापति अजय विश्वकर्मा र मण्डलको उप सभापति सागर दासले निरीक्षण गरेका थिए। उक्त निरीक्षण गरेर पैह्रोको पोलिथिन लगाइएको जानकारी प्राप्त भएको छ।










