तीनधारेमा महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्म जयन्ती पालन

ba2375d1-e641-4ce9-b37b-4ae99b4aad9c

खरसाङ: साहित्य कला संस्थान् तीनधारेको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पालन गरिएको छ। तीनधारेको होटेल गैरीस्थित इम्प्लोइज युनियनको कार्यालयमा सम्पन्न देवकोटा जयन्तीको अध्यक्षता साहित्य कला संस्थान् तीनधारेका सभापति रञ्जनकुमार रसाइलीले गरेका थिए। कार्यक्रमलाई सञ्चालन गर्दै सचिव सन्तोष लामाले देवकोटा जयन्तीको विषयमा अवगत गराएका थिए। उनले कार्यक्रममा उपस्थित सबै सदस्यहरुलाई स्वागत जनाएका थिए। कार्यक्रमको शुरुमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा खदार्पणसहित दीप प्रज्वलन गरेर श्रध्दाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदान र उनका बहुमूल्य कृतिहरु विषयमा मदनकुमार प्रधान र उत्तम शर्माले जानकारी गराएका थिए। दुवैले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिहरु अहिले पनि उत्तिकै महत्वपूर्ण रहेको र हालको समयमा पनि सान्दर्भिक रहेको बताएका छन्‌। कार्यक्रममा सभाध्यक्ष रञ्जनकुमार रसाइलीले आफ्नो अध्यक्षीय सम्बोधनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विषयमा बताएका थिए।

About Author

Advertisement