मुश्फिकुर ७००० रन पुरा गर्ने पहिलो बंग्लादेशी क्रिकेटर

IMG-20261109-WA0064

सिलहट: बंग्लादेशका अनुभवी विकेटकीपर ब्याटर मुश्फिकुर रहीमले टेस्ट क्रिकेटमा इतिहास रचे। उनी टेस्टमा ७००० रन पूरा गर्ने बंग्लादेशका पहिलो क्रिकेटर बने। उनले सोमवार वेष्ट इण्डिजविरुद्ध सिलहट इण्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न दोस्रो टेस्ट म्याचको पाँचौं दिन यस उपलब्धिलाई हासिल गरे। मुश्फिकुरले म्याचको दोस्रो ईनिंग्समा वेष्ट इण्डिजका स्पिनर रोस्टन चेसको बलमा १ रन लिएर ९ रनको निजी स्कोरमा पुग्नको साथै आफ्नो टेस्ट करियरको ७००० रन पूरा गरे। ३९ वर्षीय मुश्फिकुरले आफ्नो असाधारण टेस्ट करियरमा अगावै बंग्लादेशको तर्फबाट ५००० र ६००० टेस्ट रन बनाउने पहिलो ब्याटर हुने रेकर्ड आफ्नो नाम गरेका थिए। उनले अहिलेसम्म आफ्नो टेस्ट करियरमा १०७ वटा म्याच खेलेर ३९.११-को औसतले ७०४० रन बनाएका छन्। यसमा १४ वटा शतक र ३० वटा अर्द्धशतक सामेल छ। उनको सर्वोच्च टेस्ट स्कोर अविजित २१९ रन रहेको छ। मुश्फिकुर टेस्ट क्रिकेटमा बंग्लादेशको तर्फबाट सर्वाधिक रन बनाउने ब्याटर हुन्। यस सूचीमा मुमिनुल हक दोस्रो स्थानमा छन्, जसले अहिलेसम्म ५२९३ रन बनाएका छन्। यसरी सन्न्यास लिइसकेका तमीम इकबालको नाममा ५१३४ टेस्ट रन रहेको छ। यसरी मुश्फिकुर अहिले आफ्नो निकटतम प्रतिद्वन्द्वी मोमिनुलभन्दा निक्कै अघि रहेका छन्। वेष्ट इण्डिज र बंग्लादेशबीच दोस्रो टेस्ट म्याच ड्र रह्यो। वेष्ट इण्डिजले म्याचमा आफ्नो पहिलो ईऩिंग्समा ३५६ रन बनाएको थियो। त्यसपछि बंग्लादेशले ३८६ रन बनाएर पहिलो ईनिंग्सको आधारमा ३० रनको मामूली बढ़त हासिल गरेको थियो। वेष्ट इण्डिजले पछिबाट ६ विकेटमा ३९८ रन बनाएर आफ्नो दोस्रो ईनिंग्स घोषित गर्दा बंग्लादेशलाई म्याच जित्न ३६९ रन बनाउने लक्ष्य हासिल भएको थियो। म्याचको अन्तिम दिन बंग्लादेशले ४ विकेटमा १८४ रन बनाउँदा दुवै टोलीका कप्तान टेस्ट ड्र गर्न सहमत भए।

About Author

Advertisement