खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको राजबारीस्थित जनसेवा संघमा २५२ बुथमा भारतीय जनता पार्टी नारी मोर्चाको कमिटी गठनको लागि सभा सम्पन्न भएको छ। उक्त सभा तीनधारे महानदी मण्डलको नारी मोर्चाको सभापति सुनिता खातीको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा नारी मोर्चाको तीनधारे महानदी मण्डलको उपाध्यक्ष सपना राई, सह सचिव रमिला राई लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए। सभालाई नारी मोर्चाको मण्डल सचिव सुष्मिता गजमेरले सञ्चालन गरेका थिए। यसै सभामा भारतीय जनता पार्टी नारी मोर्चाको २५२ बुथ स्तरीय कमिटी गठन गरिएको छ।

उक्त कमिटीमा सभापति सबिता बरदेवा, उपाध्यक्ष मेनुका शर्मा र सकुन प्रधान विश्वकर्मा, सचिव सुजता लामा, सह सचिव लिला माझी र सरला राई बम्जन, कोषाध्यक्ष बिमला दर्जी चयन भएका छन्। सभामा वक्ताहरुले तीनधारे महानदी मण्डलको विभिन्न बुथहरुमा भारतीय जनता पार्टीको नारी मोर्चालाई सशक्त र सक्रिय बनाएर लाने बताएका छन्।









