तीनधारेमा भागोप्रमोद्वारा शहीद दिवस समारोह सम्पन्न

IMG-20250727-WA0120

खरसाङ: आफ्नो जाति र माटोको लागि बलिदान दिने शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गर्नलाई तीनधारेमा शहीद दिवस समारोह सम्पन्न भएको छ। शहीद दिवस समारोह आयोजक समितिको सभापति विनयकुमार छेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई पञ्चायत सदस्या बिनिता गजमेरले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण आयोजक समितिको संयोजक सृजना तामाङले राखेकी थिइन्। कार्यक्रमको शुरुवात घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान र उप प्रधान रञ्जित थापाको बाहुलीबाट पूजा अर्चना गरेर गरिएको थियो। कार्यक्रममा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्नलाई विभिन्न धर्म गुरुहरुद्वारा पूजा अर्चना गरिएको थियो। यस क्रममा इसाई, हिन्दु, मुस्लिम र बौध्द धर्मबाट म्हाणिपा संघ तीनधारेबाट पूजा अर्चना गरिएको थियो। कार्यक्रममा कवि मिलन प्रधान, मञ्जु शर्मा, प्रयास प्रधान, छेवाङ छेत्री, गरिमा उपाद्यय आदिले कविता वाचन गरेका छन्। यस कार्यक्रममा गोर्खाल्याण्ड आन्दोलनमा तीनधारे क्षेत्रबाट शहीद बनेका शहीदहरु क्रमैले बिनय गुरुङ, किशोर थापा, कृष्ण जोगी र सिपाहीधुराका मणिकुमार थापा आदिका परिवारका सदस्यहरुलाई आयोजक समितिको तर्फबाट सम्मान जनाइएको छ। कार्यक्रममा आयोजक समितिको सचिव रवि सुब्बाले शहीदहरु विषयमा वक्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि सभासद नवराज छेत्रीले आफ्नो सम्बोधनमा शहीद दिवस समारोहमा विद्यार्थी नानीहरुलाई पनि समावेश गरिनु पर्ने जानकारी गराउँदै विभिन्न संघ संस्थाहरु र विद्यालयहरुलाई पत्रचार गरे पनि उपस्थित कम हुँदा दु:ख व्यक्त गरेका छन्। उनले तीनधारे महानदी समष्टिको जम्मा १० जना जाति र माटोको लागि गोर्खाल्याण्ड आन्दोलनमा‌ शहीद बनेको जानकारी गराएका छन्। सभासद नवराज छेत्रीले गत वर्ष झैं घोषणा गर्दिन तर काम गरेर देखाउनेछु भनी बताएका छन्। उनले शहीदका एक परिवारलाई घर निर्माणको लागि कार्य शुरु हुने घोषणा गरेका छन्। सभासद नवराज छेत्रीले तीनधारेको चिल्ड्रेन पार्कमा रहेको शहीद वेदीलाई सुन्दरीकरण गरिने वचन दिएका छन् भने शहीद दिवस समारोहमा उपस्थित सबैलाई धन्यवाद दिएका छन्‌‌। कार्यक्रममा सभाध्यक्ष विनयकुमार छेत्रीले तीनधारेको शहीद वेदीमा छाना लगाएर सुन्दरीकरण गरिनु पर्ने माग क्षेत्रीय सभासद एवं ग्राम पञ्चायत समक्ष अनुरोध गरेका छन्।

कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय सदस्य सुजितकुमार कार्कीढोली, रबीन सुब्बा, खरसाङ महकुमा समितिको सह सचिव सञ्जीब लामा, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, प्रवक्ता बिपन विश्वकर्म, तीनधारे खण्ड समितिको सभापति साजन दर्जी र सचिव अनिल राई, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई र सचिव सञ्जीब मंगर, पञ्चायत समिति सदस्या स्नेह बरदेवा, विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधान लगायत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु र पञ्चायत सदस्यहरु उपस्थित रहेका थिए‌।

About Author

Advertisement