खरसाङ: अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको धन्यवाद सभा तीनधारेमा सम्पन्न भएको छ। विशेष गरेर अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको आयोजनामा खरसाङमा सम्पन्न क्वाँटी पूर्णिमा कार्यक्रममा तीनधारे शाखाको पनि सहभागिता रहेकोले धन्यवाद दिन आञ्चलिक समितिको पदाधिकारीहरु तीनधारे पुगेर सभा आयोजना गरेको जानकारी प्राप्त भएको छ। उक्त सभामा नै अखिल भारतीय नेवार संगठन तीनधारे शाखाका मदनकुमार प्रधान र दिपक प्रधानलाई सम्मान पनि जनाइएको छ। यसको साथै सभामा नेवार जातिको आगामी दिनमा हुने इन्द्रजात्रा कार्यक्रममा पनि तीनधारे शाखाको व्यापक सहभागिता रहने विषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा नेपालमा आएको बाढीमा परेर ज्यान गुमाएकाहरुलाई श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण पनि गरिएको छ। सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको सचिव सुवास प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्।





