खरसाङ: तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा आजदेखि एक महिनाव्यपी सावनको पूजा एंव रुद्री पाठ शुरु भएको छ। उक्त रुद्री पाठ र सावनको पूजा आगामी १६ अगस्तसम्म चल्ने र उक्त दिन एक महिनाव्यपी पूजाको पूर्णावती हुने जानकारी रामेश्वर शिवालय मन्दिर तीनधारेको सचिव बिनय छेत्रीले दिएका छन्। उनले बताए अनुसार तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा विगत २००३ देखि लगातार रूपमा सावन महिनामा एक महिनाव्यपी सावनको पूजा एंव रुद्री पाठ आयोजना गर्दै आइरहेको र यसपाली पनि आयोजना गरिएको बताएका छन्। उनले यसपाली पण्डित राजेन निरौलामार्फत् दैनिक सावनको पूजा एंव रुद्री पाठ भईरहेको जानकारी गराउँदै तीनधारे र वरिपरिका भक्तजनलाई यहाँ उपस्थित भएर सावनको पूजा एंव रुद्री पाठमा सहभागी भईदिने अनुरोध गरेका छन्। उनले यस मन्दिरमा दैनिक रूपमा बिहान ९ बजेदेखि सावनको पूजा साथै रुद्री पाठ पूजाको आयोजना भइरहेको कारणले सबै भक्तजन यहाँ आएर सहभागी भईदिने अनुरोध पनि गरेका छन्। यस महिनाव्यपी रुद्री पाठ पूजा र सावनको पूजा अर्चना रामेश्वर शिवालय मन्दिर सुधार समितिको आयोजनामा सम्पन्न भईरहेको जानकारी प्राप्त भएको छ।









