टिस्टाभेल्ली: टिस्टाभेल्ली चियाबारी बर पिपल गाउँ समाजको तत्वावधानमा स्थानीय सार्वजनिक भवनमा समाजकै सभापति दिपङ्कर भुजेलको अध्यक्षतामा एवम् सोनादा डिग्री कलेजको उप प्राध्यापक मेघनाथ छेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। भानुको तस्वीरमा माल्यार्पण एवम् दीप प्रज्वलन भई सम्पन्न भएको उक्त समारोहमा समाजका सचिव बिदुर थामीले समारोहको उद्देश्य बारेमा बताउँदै स्वागत वक्तव्य राखेका थिए। आफ्नो सम्बोधनमा समारोहका प्रमुख अतिथि प्रा मेघनाथ छेत्रीले भानुभक्त आचार्यको व्यक्तित्व- कृतित्वको चर्चा गर्दै भाषिक, साहित्यिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, नैतिक विकासमा भानुले दिएका नि:स्वार्थ योगदानहरूलाई सम्झना गरेका थिए। उनले भानु जयन्तीको उपलक्ष्यमा भाषा साहित्यको क्षेत्रमा योगदानको मूल्याङ्कन गर्दै विभिन्न पुरस्कारहरू प्रदान गरिने साथै विद्यार्थीहरूमाझ विभिन्न प्रतियोगिताहरू एवम् मेधावी विद्यार्थीहरूलाई सम्बर्द्धना कार्यक्रम आदि आयोजना हुने कुरो बताएका छन्। उनले यस्ताा कार्यक्रमहरू नैै भानुभक्तले देखाएको बाटोलाई अनुुुुसरण गर्नु हो भन्दै भानुलाई आदिकवि भनिनाका कारणहरू भानुभक्तका रामायणमा भएको आध्यात्मिक चिन्तन बाारेेमा जनाएका थिए। समारोहमा बर पिपल गााउँ समाजको इतिहासलाई केन्द्रित गरी गुञ्जा भुुजेेेलद्वारा लिखित एवम् निर्देशित नाटकलाई साना साना नाट्य कलााकारहरूले प्रस्ततुत गरेेेेका थिए। भानु जयन्तीको उपलक्ष्यमा दशौँँ र बाह्रौं श्रेणीका विभिन्न बोर्ड परीक्षाहरूमा प्रथम श्रेणीमा उत्तीर्ण हुने टिस्टाभेल्ली क्षेत्रका विद्यार्थीहरू लगायत साठी वर्षभन्दा धेर उमेर भएका बर पिपल गाउँँका वरिष्ठ नागरिकहरूलाई सम्बर्द्धना जनाएका थिए। समारोहमा साहिल जर्गाद्वारा कविता पाठ एवम् साना साना विद्यार्थीहरूले लोक नृृृृत्य, कविता आवृत्ति आदि प्रस्तुत गरेका थिए। बुद्धकुमार मंगरद्वारा सञ्चालित उक्त समारोहमा स्वागत वक्तव्य बिदुर थामीले अनि धन्यबाद ज्ञापन कृष्ण छेत्रीले दिएका थिए। समारोहमा बरपिपल गाउँ समाजका वरिष्ठ नागरिकहरू, युवावर्ग, विद्यार्थीवर्ग, विभिन्न समाजका प्रतिनिधिहरू र अभिभावकहरूको उपस्थिति रहेको थियो।









