तीनधारे क्षेत्रमा मैला फ्याँकिएको पाइएमा जरिमाना लगाइने
खरसाङ: तीनधारे क्षेत्रमा जथाभावी मैला फ्याँकिएको पाइए जरिमाना लगाइने भएको छ। मैलाहरु सठीक रुपमा तोकिएको ठाउँमा हाल्नु पर्ने, जताभावी फ्याँकेको पाइएमा ५०० रुपियाँ जरिमाना लगाइने भएको जानकारी प्राप्त भएको छ। भारतीय जनता पार्टी तीनधारे र पुलिस आउट पोष्ट तीनधारेको आयोजनामा तीनधारेको दुईवटा स्थानहरु चिल्ड्रेन पार्क र वी लभ तीनधारेको सर सफाई गरिएको छ। स्वच्छ भारत अभियान अन्तर्गत तीनधारेको चिल्ड्रेन पार्कस्थित शहीद वेदी र गोलाई पाखामा रहेको वी लभ तीनधारे क्षेत्रमा सर सफाई गरिएको छ। यस सफाई कार्यमा तीनधारे पुलिस आउट पोष्टको बडाबाबु विद्यासागर सिंह लगायत अमित कुमारनाथ, विश्वजीत राय लगायत सिभिक भोलिन्टियरहरु उपस्थित रहेका थिए। यस सर सफाई कार्यमा भारतीय जनता पार्टीको तीनधारे महानदी मण्डलको अनुसूचित जाति मोर्चाको सभापति अजय विश्वकर्मा र अन्यहरु उपस्थित रहेका थिए।

यस सफाई कार्य विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टीको तीनधारे महानदी मण्डलको अनुसूचित जाति मोर्चाको सभापति एवं घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य अजय विश्वकर्माले तीनधारे क्षेत्रमा जथाभावी मैला फ्याँकिएको पाइए जरिमाना लगाइने भएको बताएका छन्। उनले मैलाहरु सठीक रुपमा तोकिएको ठाउँमा हाल्नु पर्ने, जताभावी फ्याँकेको पाइएमा ५०० रुपियाँ जरिमाना लगाइने भएको जानकारी गराएका छन्। उनले यो सरकारी आदेश अनुसार नै यो कार्य शुरु गरिएको बताए। उनले तीनधारे क्षेत्रलाई सफा र स्वच्छ राख्नु पर्ने बताउँदै तीनधारे क्षेत्रमा घुग्न आउने पर्यटकहरुलाई मैला जताभावी नफ्याँकिदिने अनुरोध पनि गरेका छन्।










