ड्र मा बाई हासिल गरी लवलीनाले गरिन् पदक पक्का

387090ac-de42-412f-94ac-15ea8bbfa57b

ग्लास्गो: राष्ट्रमण्डल खेलहरू २०२६-को उद्घाटन समारोह अघि नै भारतले आफ्नो पहिलो पदक सुनिश्चित गरेको छ। ओलम्पिक पदक विजेता महिला बक्सर लवलीना बोरगोहेनलाई `बाई’ प्राप्त भयो। यसरी उनले कुनै चुनौती बिना नै सेमिफाइनलमा प्रवेश गरिन्। सेमिफाइनलमा पुग्नको साथै भारतीय बक्सरले पदक सुनिश्चित गरिन्। टोक्यो ओलम्पिकमा काँस्य पदक जित्ने लवलीनाले ७५ किग्रा ओजन वर्गको सेमिफाइनलमा स्थान बनाएर सम्पूर्ण टीमको उत्साह बढ़ाएकी छन्। यस ओजन वर्गको ड्र-मा केवल ५ जना बक्सर थिइन्। यसैकारण लवलीना सहित ३ जना बक्सर सीधै अन्तिम ४ (सेमिफाइनल) मा पुगिन् जबकि रहल २ जनाले एकमात्र क्वार्टर फाइनल बाउट खेल्नु पर्नेछ। राष्ट्रमण्डल खेलहरूमा बक्सिंगको नियमहरूअन्तर्गत, सेमिफाइनलमा हार्ने खेलाड़ीहरूलाई काँस्य पदक दिइन्छ। यसरी ग्लाग्सोमा आफ्नो पहिलो बाउट खेल्न अघि नै लवलीनाले कम्तीमा काँस्य पदक सुनिश्चित गरिन्। लवलीनाले अब ३१ जुलाईमा हुने सेमिफाइनलमा ताफाकीविरुद्ध आफ्नो पहिलो बाउट खेल्नेछिन्। त्यस बाउटमा जीत हासिल गर्न सके उनीसँग स्वर्ण पदकको निम्ति चुनौती पेश गर्ने मौका रहनेछ। यसरी सेमिफाइनलमा जीत हासिल गर्न सके लवलीनाले कम्तीमा रजत पदक जित्नेछिन्। यस्तो नभए उनी काँस्यको साथ फर्किनेछिन्। राष्ट्रमण्डल खेलहरूमा यो उनको पहिलो पोडियम फिनिश हुनेछ। लवलीना गोल्ड कोस्ट २०१८-को क्वार्टर फाइनलमा च्याम्पियन बन्ने सेण्डी रयानविरुद्ध पराजित भएकी थिइन्। यसरी बर्मिंघम २०२२ मा उनी पहिलो बाउटमै हारेकी थिइन्। उनले गत दुवैपल्ट ६९ किग्रा वर्गमा हिस्सा लिएकी थिइन्।

About Author

Advertisement