डेंगू सचेतना अभियान तीब्र

IMG-20230818-WA0293.jpg

गान्तोक: रम्फू प्राइमरी हेल्थ सेन्टर टोलीले दोस्रो चरणको डेंगू विरुद्ध सचेतना कार्यक्रम र विभिन्न क्षेत्रहरूको फिल्ड भ्रमण आयोजना गऱ्यो। घर-घर खोजी र प्रजनन स्थल निरीक्षण गर्दै स्वास्थ्य जागरुकता फैलाउऩ र सक्रियतापूर्वक अभियान सञ्चालन गर्न टोलीले विभिन्न वार्डको भ्रमण गरेको हो। छ। आज विभागको पाँच सदस्यीय टोलीमा स्वास्थ्य अधिकारी एस रेग्मी, डा रोहन छेत्री, एलएचभी रेखा छेत्री, आरबी भट्टराई र रोशन बस्नेतले माझीगाउँ, जीके लाइन, माथिल्लो बजार, चानाटार र वरिपरीको भ्रमण गरे। भ्रमणको मुख्य उदेश्य यस क्षेत्रको अवस्था जान्न पनि खुला कन्टेनरमा पानी भण्डारण गर्दा हुने रोगहरूका बारेमा त्यहाँका बासिन्दाहरूलाई सचेत गराउनु थियो। कुनै पनि प्रकारका लक्षणहरू देखिएमा प्राथमिक स्वास्थ्य केन्द्रमा आउन सबैलाई अपिल पनि गरेका छन्। अधिकारीले सामुदायिक संलग्नता, स्थानीय बासिन्दाहरूसँग मिलेर वरिपरि सफा राख्न, नालाहरू सफा राख्न पनि अपील गरेको थियो।

About Author

Advertisement