डा. मुक्ता शर्मा अब उनी सिक्किमकै पहिलो कपाल प्रत्यारोपण सर्जन 

IMG-20240905-WA0300

गान्तोक: गान्तोक निवासी पुण्यप्रसाद शर्मा र गीता शर्माकी सुपुत्री छोरी डा. मुक्ता शर्मा त्वचाविज्ञान, एसटीडी साथै कुष्ठरोगमा एमडी गरेकी एक कुशल चिकित्सक हुनका साथै अब उनी सिक्किमकै पहिलो कपाल प्रत्यारोपण सर्जन बनेकी छन्।
डा. शर्माले कपाल प्रत्यारोपण र एस्थेटिक डर्मेटोलोजीमा एक वर्षको फेलोशिप पूरा गरेर आफ्नो करिअरमा एक महत्त्वपूर्ण माइलखुट्टी स्थापित मात्र गरिनन् तर सिक्किम राज्यले नै एक कुशल चिकित्सक प्राप्त गरेको छ।
यो उपलब्धिले उनको विशेषज्ञतालाई त अवश्यै रेखाङ्कित गर्छ नै साथसाथै सिक्किमको पहिलो कपाल प्रत्यारोपण सर्जनको रूपमा पनि आफूलाई पहिचान दिलाएकी छन्, जो यस क्षेत्रको चिकित्सा परिदृश्यमा उल्लेखनीय उपलब्धि मानिन्छ।
आफ्नो फेलोशिप अवधि डा. मुक्ताले कठिन प्रशिक्षण र व्यावहारिक अभ्यास गरेर आफूलाई सफल पारेकी छन्। फेलोशिप अवधि उनले प्रतिष्ठित शिक्षक इन्टरनेशनल सोसाइटी अफ् हेयर रिस्टोरेशन सर्जरी-का पूर्व अध्यक्ष डा. कपिल दुआ र एसोसिएशन अफ् हेयर रिस्टोरेशन सर्जन्स, इन्डिया-का अध्यक्ष डा. अमन दुआको मार्गदर्शनमा कपाल प्रत्यारोपणको तकनिकी प्रयोगमा सफलता हासिल गरिन्। यस प्रयास र सफलतासितै उनले आफ्नो एस्थेटिक डर्मेटोलोजीका लागि उनको जुनूनलाई पनि प्रज्ज्वलित गरेको छ, जसद्वारा उनलाई बिरामीको हेर्चाहका लागि आफ्नो दृष्टिकोणलाई नयाँ र परिष्कृत गर्ने प्रेरणा समेत प्राप्त भएको छ।
जीवनमा पाएको यो नयाँ उँचाइ र सफलतासँगै डा. मुक्ता आफ्नो क्षमतालाई बिरामीहरूको जीवनमा सकारात्मक प्रभाव पुऱ्याउने दिशामा काम गर्न उत्सुक छिन्। सधैँभरि सिक्ने र अनुभव बटुल्ने विचार बोकेकी मुक्ता एस्थेटिक डर्मेटोलोजीको सततः विकसित बन्दै गरेको क्षेत्रमा सबैभन्दा अघि रहने प्रतिबद्धता व्यक्त गर्छिन्।

About Author

Advertisement