आरकेएसपी बाल उच्चतर माध्यमिक विद्यालयमा भव्य रूपमा शिक्षक दिवस पालन

WhatsApp-Image-2024-09-05-at-20.34.09

मानव राई  ‘यात्री’

दार्जीलिङ: समस्त  भारतवासीले ५ सेप्टेम्बरलाई शिक्षक दिवसको रुपमा मनाउने गर्छन्। यसरी नै दार्जिलिङको प्रतिष्ठित विद्यालयहरु मध्ये रामकृष्ण शिक्षा परिषद बाल उच्चत्तर माध्यमिक विद्यालयमा पनि  भव्य रूपमा शिक्षक दिवस पालन गरियो। शिक्षक दिवसको कार्यक्रमलाई आयूश शर्मा र नोर्गेन तामाङले संचालन गरे। प्रथम चरणमा विद्यालयका प्रधानाध्यापक मिलन तामाङलाई कार्यक्रमको सभापतिको पद सुम्पियो तत्पश्चात  प्राथमिक विभागकी प्रधान अध्यापिका श्रीमती नुरा राईलाई कार्यक्रमको विशिष्ट अतिथिको आसनमा राखियो।

स्कूलको प्रार्थना र स्कूलको गीत गाएर शिक्षक दिवसको कार्यक्रम शुरू गरियोl पहिलो चरणमा स्वागत सम्भाषण कर्म तामाङ र शेरप तामाङले राखे। स्वागत सम्भाषण पछि स्वागत गीत  गायक अश्वीन प्रधानले प्रस्तुत गरेl पाठशालाका कवि बिमल तामाङले कविता वाचन गरे। त्यसपछि शिक्षक-शिक्षिकाहरूलाई सम्मानसहित खादा लगाइदिएर पारितोषित प्रदान गरियो। रूपक छेत्री र इशान्त राईको नृत्यले सबलाई मनोरञ्जन गरायो। कक्षा १२ कलाबाट अनुरोध लकान्द्रीले प्रस्तुत गरेको गीतले कार्यक्रमलाई अझ रमाइलो बनायो। आयूश शर्माले आफ्नो सम्बोधन राखेl बाल कवि मानव राईले कविता पाठ गरे। युगल गुरुङले लोकनृत्य प्रस्तुत गरे। ससाना नानीहरुको गीत ‘कालो चश्मा’मा प्रस्तुत गरिएको नृत्यले कार्यक्रमको रौनक बढायो। कार्यक्रमको ब्याण्डको ५ वटा गीत प्रस्तुत गरियो।

About Author

Advertisement