दार्जीलिङ: ईस १८१० मा स्व. मेजर रणजितसिंह कुँवर छेत्रीद्धारा ईस्ट इण्डिया कम्पनी ४०० मा किनेको जमिनमा शिवलिङ्ग स्थापना गरि दान दिएको जमिन दार्जीलिङ शहरको मुटुमा अवस्थित छ, जसलाई नाम ठाकुरबाडी मन्दिरले चिनिन्छ। सो मन्दिर हरेक समय भक्तजनको आवतजावत मात्र नभएर पुजापाठ हवन् ध्यान गर्ने पवित्र ठाउँको रुपमा प्रख्यात छ। उनीहरूको पुर्खौली घर शकरकि धुराको नामले प्रख्यात छ। हाल उनीहरूको चौथो पुस्ता र पाचौं पुस्ताका सन्तानहरू दार्जीलिङको राजबाडीमा बसोबास गर्दछन्। एक जमानामा उनीहरू हाल बोटानिकल गार्डन भएको जमिनमा बसोबास गर्थे, तर ज्योतिषद्धारा त्यहाँ बसोबास गर्दा आफूहरूलाई अनिष्ठ हुने बताएपछि त्यो जमिन त्यसै छाडेर अर्को जग्गा राजबाडी सरेको उनीहरूका परिवारको भनाइ छ। ३१ मार्च आईतबारको दिन उनका परिवारहरू शान्ता छेत्री, पूर्णिामा छेत्री, छोरा राजेन छेत्री, बुहारी मुना छेत्री, सगुन छेत्री, सिताराम पाण्डे छैटौं पुस्ताका सिद्धार्थ छेत्री, नभश्री छेत्रीको आर्थिक सहयोगमा मन्दिरको शिवालयको कोठाको भुई भित्ता र छतको भागमा टायल्स लगाउने सहयोग गरियो। पितृहरूको उद्धारका लागि ३ जना बाह्मणद्धारा यज्ञ हवनसहित पुजा अर्चना गरियो अनि मन्दिर मरम्मत गरियोl स्व. रणजितसिंह कुँवर छेत्रीको शिलालेख समेत स्थापना गरियो। सोही दिन ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालयको सेवा केन्द्र छोटा काग झोडामा ब्रह्मा भोजन आयोजना गरिएको थियो। सो कार्यक्रममा ३०० भन्दा बढी भक्त जनको सहभागिता रहेको थियोl दार्जीलिङका वरिष्ठ संगीतकार चन्दन लम्जेलको साथमा वरिष्ठ गायिका डेजी बराईलीद्धारा भजन प्रस्तुत गरियो। यस अवसरमा सुपरिचित नाटककार तथा फिल्म निर्माता/निर्देशक किरण ठकुरी, लेखिका रिता ठकुरी पनि उपस्थित थिए। यस कार्यक्रममा स्व. मेजर रणजितसिंह कुँवर छेत्रीका स्वर्गीय सन्तानहरूका लागि शान्तिको कामना गर्दै २०० जना योगी, ब्रह्मा कुमार, ब्रह्मा कुमारी भक्तजनबाट करिब एक घण्टा योग दान दिइ पितृ उद्धारको कामना गरियो। यसमा ब्रह्मा कुमारीकी मुख्य संचालिका मुना दिदीको सक्रिय सहभागिता रहेको थियो।










