टुंग सन्त मेरिज समष्टिमा गोजमुमो दुईवटा सभा सम्पन्न

IMG-20260514-WA0100

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा टुंग सन्त मेरिज समष्टिले आफ्नो संगठनलाई विस्तार गर्ने काम लगातार रुपमा गर्दैबआईरहेका छन्। यसै क्रममा समष्टिले आम जनताहरुको माझ गएर बुझ्दा गोजमुमो पार्टीले मात्र गोर्खाको समास्य समाधन गर्ने साथै बिमल गुरुङ एक मात्र हाम्रो साँचो नेता भएको कुरा राखेको जनाइएको छ। यसै क्रममा गोजमुमोको दुईवटा सभा सम्पन्न भएको छ। पहिलो सभा दिलाराम चिया बगानबीच गाउँमा समष्टि अध्यक्ष राजेस गजमेरको सभापतित्वमा बसियो जहाँ करकापमा परेर भागो प्रमोमा बस्न परेको १० घरले घर वापसी गरेको बताइएको छ। यस शाखामा सन्जय सुब्बालाई संयोजकको दायित्व दिएका छन्। यस सभामा समष्ठि कोषाध्यक्ष छेपाल शेर्पा, सदस्य उमेश तामाङ,निमा लामा,अमित राई,पदम भुजेलको विशेष उपस्थिति थियो। दोस्रो सभा सन्त मेरिजमा गोजयुमो समष्टि सचिव अरुण थापाको सभापतित्वमा बसियो जहाँ १४ घर आईजीजीएफबाट घर वापासी गर्दै गोजमुमोमा सामेल भएका छन्।

यस शाखामा युवा मोर्चाका निम्ति कारमल सुब्बा अनि नारी मोर्चाका निम्ति ईभा तामाङलाई संयोजकको दायित्व सुम्पियो। यस सभामा समष्टि युवा मोर्चाका सह सचिव कुन्दन तामाङको विशेष उपस्थिति रहेको थियो भनी गोजमुमो खरसाङ महकुमा समितिको सभापति योगेन्द्र राईले जानकारी दिएका छन्।

About Author

Advertisement