गोरामुमो टुङ सन्त मेरिज समष्टि को सांगठनिक सभा सम्पन्न

IMG-20260514-WA0102

गोर्खा जातिको मुद्दाको बिजयी भएको छ

सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत टुङ सन्त मेरिज समष्टिको आयोजनामा सन्त मेरिज ग्राम सेवा समिति भवनमा समष्टि अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई टाँशी लामाले संचालन गरेका थिए। ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको प्रमुख उपस्थितिमा सचिव युद्ध छेत्री, प्रचार प्रसार सचिव भुपेन गुरुङ, सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री, गोरायुमो केन्द्रीय समिति संयोजक आनन्द राई, गोरानासं केन्द्रीय समिति उपाध्यक्षा कमला राई गोरायुमो खर्साङ ब्राञ्च कमिटी अध्यक्ष रुपेश छेत्री, गोरानासं खर्साङ ब्राञ्च कमिटी अध्यक्षा सुधा सुब्बा, एच पी डब्ल्यु खर्साङ ब्राञ्च कमिटी अध्यक्ष अदिप राई, केन्द्रीय समिति सदस्या अमृता थापा गोर्खा राष्ट्रिय भुतपुर्व सैनिक संगठन का अध्यक्ष अशोक गोले लगायत भ्रातृ संगठनका प्रतिनिधिबर्ग अनि गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो।सभापछि समष्टि सचिव सन्तोष सुब्बाले जानकारी गराउदै भने, हाल सम्पन्न भएको बंगाल बिधानसभा चुनावमा बिजेपीले ऐतिहासिक बिजय हासिल गरेका छन्। दार्जीलिङ पहाड , तराई अनि डुवर्समा गोर्खा उम्मेदवारहरुले बिजय हासिल गरेका छन्। जनताले परिवर्तनको निम्ति भोट दिएका हुन्। यसको निम्ति टुङ सन्त मेरिज समष्टिको तर्फबाट धन्यवाद ज्ञापन सभाबाट गरेका छन्। यो बिजय भनेको गोर्खाजातिको मुद्दाको निम्ति हो। अब गोर्खा जातिको अनुहारमा उज्यालो छाउनेछ यहाँ कसैको पनि हार भएको छैन हामी सबै गोर्खा हौं, गोर्खा भएर बाँच्नु पर्छ।
आफ्नो सम्बोधन राख्दै निमा लामाले भने, तपाईं हामीलाई बंगाल सरकारले थिचोमिचो अनि लाचार बनाए राखेको थियो। अब त्यसको अन्त भएको छ। हामीलाई जीटीए जस्तो अंसवैधानिक ब्यवस्थामा राखेको थियो अब त्यो पनि चाडैं खारेज हुनेछ। घोटालाले भरिएको जीटीएले सरकार द्वारा दिएको चना समेत छोडेन गोर्खाहरुलाई चना चोरभन्दा कति नराम्रो सोच्छ होला? तपाईंहरु सुर्ताउनु हुदैन पार्टी अध्यक्ष मन घिसिङको नेतृत्वमा गोर्खा जातिले न्याय पाउने छ। जबसम्म संस्थापक अध्यक्ष सुवास घिसिङले देखाएको सपना पूरा हुँदैँन तबसम्म गोरामुमो लागि पर्नेछ। यसैकारण सबैजना अब फर्केर आउनु पर्छ। संगठनलाई बलियो बनाउनु पर्छ।

About Author

Advertisement