टीएमसीका उदयन गुहा पक्राउ

3c7db7ff-6e7d-4c3b-bb18-af53cc8eeb86

कोलकाता: राज्यका अर्का एक पूर्व मन्त्री पक्राउ परेका छन्। यसपटक तृणमूल कांग्रेस(टीएमसी)का प्रभावशाली नेता तथा पूर्व विधायक उदयन गुहा पुलिसको नियन्त्रणमा परेका छन्।
बुधबार कोलकाताको फूलबागानस्थित निवासबाट काेचबिहार पुलिसले उनलाई पक्राउ गरेको हो। उनी त्यही घरमा बसिरहेका थिए। पक्राउपछि उनलाई फूलबागानबाट दिनहाटा लगिने बताइएको छ।
उल्लेखनीय छ पूर्व उदयन गुहा विरुद्ध माथाभगा पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको थियो। उक्त उजुरी भाओइया लोकसंगीत गायक मनिंद्रनाथ बर्मनले दर्ता गरेका थिए।
गायक बर्मनका अनुसार, पूर्व मन्त्री उदयन गुहाले उनलाई ज्यान मार्ने धम्की दिएका थिए।

About Author

Advertisement