झापामा मन्दिरभित्र एक व्यक्ती मृत भेटिए

IMG-20241106-WA0006

राजगढ़: झापा गाउँपालिका वडा नं २ स्थित काली मन्दिरभित्र एकजना व्यक्ति मृत फेला परेका छन्। झापा बजार उत्तर चिया बगानको काली मन्दिरभित्र अन्दाजी ५३ वर्षका जंगबहादुर राजवंशी मृत फेला परेका हुन्।
चिया बगानमा काम गर्ने चौकीदार विनोद मण्डलले विहान पूजा गर्न काली मन्दिरमा आउँदा राजवंशीलाई मृत फेला पारेका थिए। त्यसपछि उनले इलाका प्रहरी कार्यालय कुमरखोदमा जानकारी गराएका थिए।
वडा नं २ का वडा अध्यक्ष हिमालकुमार चम्लागाईले मृत फेला परेका राजवंशीको मानसिक सन्तुलन ठिक नभएको बताएका छन्। उनले गाउँघरमा मागेर आफ्नो गुजारा गर्दै आएका थिए ।वडा अध्यक्ष चम्लागाईका अनुसार मृतकको झापा गाउँपालिका वडा नं २ बालुवाटारमा १ कठ्ठा जग्गा रहेको छ। स्थायी ठेगाना बाह्रदशी गाउँपालिका वडा नं २ रहेका राजवंशीको श्रीमती, तीन छोरा र दुईजना छोरी रहेको आफन्तले जानकारी दिएका छन्।

About Author

Advertisement