सुरूंगा: बालकलाई मोटरसाइकलले ठक्कर दिएर फरार भएका कनकाई-५ मुस्लिम टोलका २३ वर्षीय अजत मियालाई प्रहरीले पक्राउ गरेको छ। गएराति ११ बजे बाह्रदशीको चकचकीबाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए।
हिजो बिहान अन्दाजी ११ बजेको समयमा कनकाई– ५ चप्रामारीस्थित भित्री कच्ची सडक खण्डमा मियाले चलाएको मे ११ प ३३८ नम्बरको मोटरसाइकलले बाटोमा खेल्दै गरेका सोही ठाउँ बस्ने विनोद पाठकका ७ वर्षीय छोरा सोहनलाई ठक्कर दिएको थियो। घाइते बालकलाई उपचारको लागि बिर्ता सिटी अस्पताल पठाएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि मोटरसाइकल चालक मिया फरार भएका थिए। मोटरसाइकल इलाका प्रहरी कार्यालय सुरुंगाको नियन्त्रणमा रहेको छ।









