झण्डाको रंग हेरेर नबोलौं, छोरी र नारीहरू माथि भएको अपराधको हामीले नारी नै भएर बोलौं

IMG-20230726-WA0391.jpg

पेसोक: मणिपुर होस् या कालिम्पोङ, हामीले यस्ता कुकृत्यको खुलेर बिरोध गर्न सक्नु पर्छ। अस्ति कालिम्पोङ्गमा १६ वर्षीय बालिकामाथि हात पात गरियो, कानुनन् भाषामा त्यसलाई molestation, attempt to murder, trespassing, robbery, Assault मात्र होइन नाबालिक माथि गरिएको अत्याचार हो र पोक्सो एक्ट अन्तर्गत पनि हो। तर, पार्टी र झण्डाको रंग हेरेर त्यहीका नारीहरू जो आज मणिपुर लिएर बोल्दैछन्, उनीहरूको मौनता बुझ्न सकिएन। किन??
मणिपुरको घटना जति कै म कालिम्पोङ्गको घटनाको विरोध गर्छु। हाम्रा कतिपय संघ संस्थाहरू जो पार्टीको फन्डमा चल्छ, उनीहरू पनि चुई गरेन।।
छक्क पर्छु। कुरा भने women empowerment को गर्छं तर आफ्नै आँगनमा। यस्ता घटना हुँदा, नबोल्नु,यति मजबूर छौ हामी????
पौलिन राई
पेसोक

About Author

Advertisement