जोरथाङमा पाँचौ मिस्टर सुखिम प्रतियोगिता आयोजित

IMG-20230422-WA0307.jpg

गान्तोक: बडी बिल्डर्स एसोसिएशन अफ् सिक्किमको पहलमा आज जोरथाङस्थित कर्फेक्टारमा पाँचौं मिस्टर सुखिम प्रतियोगिता सम्पन्न भयो। कार्यक्रममा राज्यका मुख्यन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए।

प्रतियोगितामा ६० जना प्रतियोगीहरूलेले सहभागिता जनाएका थिए। जसमा ५० केजी, ६० र ६५ माथिका गरी पुरुष र महिला विधामा जम्मा समग्र विधामा सचिन गुरुङ प्रथम, विनय रसाइली र एलिसन छेत्री क्रमशः दोस्रो र तेस्रो भए। महिला खुल्ला वर्गमा सुश्री अनिता छेत्री प्रथम, सुश्री ओज्जेश्वरी राई दोस्रो र निमा डोमा तामा तेस्रो स्थानमा रहन सफल भइन्।

About Author

Advertisement