चिया कमानमा जंगली हात्तीको उत्पात

people-run-as-they-follow-a-wild-elephant-1.jpg

जलपाईगढ़ी: किलकोट चिया कमानमा फेरि जंगली हात्तीहरूले उत्पात मचाएको छ। हात्तीहरूको उत्पातमा एउटा दोकान सहित तीन घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। जानकारी अनुसार, आज बिहान किलकोट चिया कमानको लाइन ४ मा हात्तीहरूले हमला गयो। हात्तीको हमलामा स्थानीय मणि परियार, कुलदीप मुण्डा र श्याम माझीको घर पूर्ण रूपमा क्षतिग्रस्त भयो। यद्यपि, सबै घरहरूका परिवारहरूले जसो तसो आफ्नो ज्यान बचाए। त्यही, हात्तीले स्थानीय बान्दे ओरावको दोकानमा पनि हमला गयो। जसबाट उनको दोकान पनि क्षतिग्रस्त भयो। घटनापछि खुनिया स्क्वाडको कर्मी चिया कमानमा पुगे औं हात्तीलाई फेरि जंगलमा धपाए। स्थानीय मानिसहरूले वन कर्मीहरूबाट रातको समय कमान क्षेत्रमा गश्तीको माग गरेका छन्।

About Author

Advertisement