जोयबीरपाडा चिया बगानमा हात्तीले बच्चालाई जन्म दियो

IMG-20240822-WA0204

अलिपुरद्वार: चिया बगानमा हात्तीले बच्चालाई जन्म दियो। अलिपुरद्वार जिल्लाको मदारीहाट बीरपाडा खण्डको जोयबीरपाडा चिया बगानमा हिजो राति जंगली हात्तीको एउटा समूह जोयबीरपाडा चिया बगानमा प्रवेश गरेको थियो। बथानका सबै हात्तीहरू जंगलमा गए तर एउटा हात्ती चिया बगानमा नै रह्यो। त्यहाँ हात्तीले एउटा बच्चा जन्माइन्। आज बिहान उक्त हात्ती र बच्चालाई स्थानीय बासिन्दाले देखे। दलगाउँ रेन्जका वन कर्मचारी र अधिकारी घटनास्थलमा पुगेर हात्ती र बच्चालाई जंगलमा फिर्ता पठाउन सफल भए।

About Author

Advertisement