गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेले आज विभिन्न विभागका नोडल अधिकारीहरूलाई लिएर एक सभा आयोजना गरे। विशेष गरेर उनले गान्तोक जिल्ला अन्तर्गत १, २, ३ र ४ को पोस्टल ब्यालेट भोटिङ फेसिलिटेसन केन्द्रका अधिकारीहरलाई समावेश गरेर जिल्ला प्रशासनिक केन्द्रमा सभा आयोजना गरेका हुन्।
सभामा जिल्लापाल निखारेले गान्तोकमा रहेको सुविधा केन्द्र र डाक मतदान केन्द्रहरूमा हुलाक मतदान प्रक्रियाको क्रममा पुलिस साथै कर्मचारीहरूद्वारा गरिएको तयारीको मूल्याङ्कन गरे। उनले डाक मतगणना प्रक्रिया र हुलाक मतपत्रको मतदानको दिनमा डाक मतपत्र बाँडफाँडबारेमा विस्तृतरूपमा विवरण दिए। उनले पुलिस अधिकारीहरूलाई डाक मतपत्र मतदान प्रक्रियाको समयमा सवारी साधनको आवागमनको बारेमा पनि जानकारी गराए।










