जलढाका नदीमा भारी कटान, सयौं बिघा जग्गा खोलाले ढाकेपछि जनता आन्दोलनमा

IMG_20221014_183549.jpg

जलपाईगुडी: जलढाका नदीको पानीको सतह बढेपछि धेरै बिघा कृषि र आवासीय जमिन नदीमा डुबेको छ। डुअर्सको जलढाका लगायतका विभिन्न नदीको कटानका कारण सयौं बिघाहा जमिन खोलामा डुबेको स्थानीयको भनाइ छ। म्यानागुरी क्षेत्रको जलढाका नदी किनारमा बसोबास गर्ने सयौं किसान परिवार खोलाको कटानका कारण असहाय बनेका छन् । यहाँ भुमि रक्षा समितिका सदस्यहरुले तत्काल बाँध संरक्षण र पीडितहरुको स्थायी पुर्नस्थापनाको माग गर्दै आन्दोलन सुरु गरेका छन्।

शुक्रबार सबैले जलपाईगढी सिंचाई विभागको कार्यालयमा धर्ना सुरु गरेका छन्। भूमि रक्षा समितिका सचिव सुमित अधिकारीले हाम्रो जमिन हरेक पल नदीमा डुबिरहेको बताए। हामी पूर्ण रूपमा असहाय छौं। नदीको तत्काल संरक्षण र स्थायी पुनर्स्थापनाको माग गर्दै हाम्रो आन्दोलन जारी रहनेछ।

About Author

Advertisement