जलढाकाका लागि नयाँ रेलमार्ग स्वीकृत, २७२ करोड भारु बजेट विनियोजन

db46e2ec-404b-402a-bc2e-33a50141511b

नयाँ दिल्ली: भारतको रेल मन्त्रालयले जलढाकाका लागि १७ किलोमिटर लामो नयाँ रेलमार्ग निर्माण गर्न करिब २७२ करोड रुपैयाँ स्वीकृत गरेको छ। चालसा नजिकैको खुनिया मोडबाट सुरु हुने यो प्रस्तावित रेलमार्ग जलपाइगुडी र कालिम्पोङ वन क्षेत्र हुँदै अगाडि बढ्नेछ।
​सांसद राजु विष्टका अनुसार यो नयाँ रेल लिङ्कले भारत-चीन-भुटान त्रिदेशीय ट्री-जंक्सन क्षेत्रको कनेक्टिभिटीलाई मजबुत बनाउनुका साथै जलढाका-बिन्दु-तोडे टाङ्ग्टा क्षेत्रमा पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुर्‍याउनेछ।
​मनसुन सकिएपछि रेल्वे र पश्चिम बंगाल वन विभागले संयुक्त रूपमा यो प्रस्तावित रेलमार्गको स्थलगत सर्वेक्षण सुरु गर्ने जनाइएको छ। यस क्षेत्रमा आधुनिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको भन्दै सांसद विष्टले प्रधानमन्त्री नरेन्द्र मोदी, मुख्मन्त्री शुभेन्दु अधिकारी र रेलमन्त्री अश्विनी वैष्णवप्रति आभार प्रकट गर्नुभएको छ।

About Author

Advertisement