दुबई: भारतका पूर्व मुख्य प्रशिक्षक रवि शास्त्रीले बताएअनुसार, आउँदो टी२० वर्ल्ड कपमा शिवम दुबेको ठूल्ठूलो छक्का लगाउने क्षमताले भारतलाई ठूलो स्कोर बनाउनमा सहायता पुग्नेछ अनि यशस्वी जयसवालको साथमा यस खेलाड़ीमाथि भारतको सफलता धेरै हदसम्म निर्भर गर्नेछ। जयसवाल र दुबेले एक जूनदेखि अमेरिका र वेष्ट इण्डिजमा हुने टी२० वर्ल्ड कपमा पदार्पण गर्नेछन्। आईसीसीद्वारा जारी बयानमा शास्त्रीले भनेका छन्, दुवै देब्रे हातका ब्याटर हुन् अनि आफ्नो पहिलो वर्ल्ड कप खेल्नेछन्। एकजना यशस्वी जयसवाल हुन्, जसले ईंग्ल्याण्ड विरुद्ध असाधारण प्रदर्शन गरेका थिए। उनी युवा र नीडर छन्। उल्लेखनीय छ, चेन्नई सुपर किंग्सबाट खेल्ने दुबेले आईपीएल २०२४-मा ११ वटा म्याचमा १७०.७३-को स्ट्राईक रेटले ३५० रन बनाएका छन्। शास्त्रीले भने, मध्यक्रममा दुबेमाथि नजर रहनेछ। उनी आक्रामक र म्याच विनर हुन्। उनले सजिलैसँग छक्का लगाउन सक्छन् अनि विशेषगरी स्पिनरहरू विरुद्ध असरदार छन्। पेस बलिंग विरुद्ध पनि उनी आरामसँग ब्याटिंग गर्छन्। पाँचौं या छैटौं नम्बरमा उनको भूमिका महत्त्वपूर्ण रहनेछ। उनमा तेजीको साथ म्याचको रंग बद्लिने क्षमता छ। उनको स्ट्राईक रेट २००-को छेउछाउ रहेको छ, जसले भारतलाई फाइदा हुनेछ।










