जयवर्धनेको बिदाईपछि मुम्बई इण्डियन्सको मुख्य प्रशिक्षक नियुक्त भए पोलार्ड

IMG-20261024-WA0042

मुम्बई: मुम्बई इण्डियन्सले कायरन पोलार्डलाई टोलीका मुख्य प्रशिक्षक नियुक्त गरेको छ। वेष्ट इण्डिजका दिग्गज अलराउण्डर पोलार्डले फ्रेञ्चाइजीमा माहेला जयवर्धनेको स्थान लिनेछन्, जसले हालै पदबाट राजीनामा दिएका थिए। पोलार्ड लामो समयदेखि मुम्बई इण्डियन्स फ्रेञ्चाइजीमा रहेका छन् अनि उनले खेलाड़ीको रूपमा टोलीलाई धेरैपल्ट च्याम्पियन बनाउनमा योगदान दिइसकेका छन्। अब उनले मुम्बई इण्डियन्सका मुख्य प्रशिक्षकको रूपमा जिम्मेवारी सम्हाल्नेछन्। साल २०१०-देखि २०२२-सम्म आईपीएलमा पोलार्डले खेलाड़ीको रूपमा मुम्बई इण्डियन्सको प्रतिनिधित्व गरे। यस अवधि उनले १८९ वटा म्याच खेलेर ३४१२ रन बनाउनको साथै ६९ विकेट पनि लिए। उनी ती पाँचैवटा सीजनमा टोलीका हिस्सा थिए, जब मुम्बई इण्डियन्सले आईपीएल खिताब जितेको थियो। पोलार्ड २०१३, २०१५, २०१७, २०१९ र २०२०-को खिताबी जीतमा मुम्बई इण्डियन्सका हिस्सा थिए। २०२२ सीजनपछि उनले मुम्बई इण्डियन्समा ब्याटिंग प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। फ्रेञ्चाइजीमा नयाँ भूमिकाको घोषणापछि पोलार्डले भने, मुम्बई इण्डियन्समा नयाँ मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नु मेरो निम्ति ठूलो सम्मानको कुरा हो। मुम्बई इण्डियन्स मेरो जीवन र करियरको एउटा ठूलो हिस्सा रहेको छ। यस टोली, खेलाड़ीहरू र `मुम्बई पल्टन’-सँग मेरो अलग जुड़ाउ छ, जुन मेरो निम्ति महत्त्वपूर्ण रहेको छ। एकजना खेलाड़ी र पछिबाट एकजना प्रशिक्षकको रूपमा यस यात्राको अनुभव गरेपछि मुम्बई इण्डियन्सले कुन चीजको प्रतिनिधित्व गर्छ अनि यस सुनौलो जर्सीको प्रतिनिधित्व गर्नुको साथ आउने जिम्मेवारीहरूबारे मलाई असल जानकारी रहेको छ। म खेलाड़ीहरू र सपोर्ट स्टाफहरूसँग मिलेर काम गर्न, टोलीको विरासतलाई अघि बढ़ाउन अनि प्रतिभाहरूलाई निखार्नको साथै टोलीलाई खुशीयाली मनाउने मौका दिन उत्सुक छु। उल्लेखनीय छ, ५ पल्टका आईपीएल च्याम्पियन मुम्बई इण्डियन्सको गत केही सीजनदेखि प्रदर्शन आशानुरुप रहेको छैन। यस प्रतिष्ठित टी२० लीगमा फ्रेञ्चाइजीले २०२३ र २०२५-को सीजनमा प्लेअफ्-मा स्थान बनाउन सकेको थिएन। यसरी २०२४ र २०२६ सीजनमा टोली क्रमशः दशौं र नवौं स्थानमा रहेको थियो। आईपीएलको सबैभन्दा सफल टोलीहरूमा सामेल मुम्बई इण्डिन्स अब नयाँ मुख्य प्रशिक्षकको साथ नयाँ शुरुवात गर्न चाहन्छ। मुम्बई इण्डियन्सकी सह-मालिक नीता अम्बानीले भनेकी छन्, पोलार्ड २२ सालको युवा उमेरमा मुम्बई इण्डियन्समा सामेल भएका थिए अनि गत १६ सालदेखि उनी हाम्रो परिवारको एउटा अभिन्न हिस्सा बनेका छन्। एकजना खेलाड़ीको रूपमा उनले हामीले धेरै अविश्वसनीय क्षणहरू दिए। एकजना प्रशिक्षकको रूपमा उनी खेल प्रति आफ्नो अनुभव, जोश र गहिरो जानकारीलाई साझा गर्छन्। अब उनले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका छन्। यो खुशीको खबर हो। मुम्बई इण्डियन्सको जर्सी लगाउनुको अर्थ अनि यस टोलीको निम्ति खेल्नको निम्ति कस्तो मानसिकताको आवश्यकता हुन्छ भन्ने पोलार्डलाई राम्ररी थाहा छ। अब उनले यस भूमिकामा पनि त्यही प्रतिबद्धता, विश्वास र दृढ़ संकल्प लिएर आउने हामीलाई पूर्ण भरोसा छ।

About Author

Advertisement