जयगाउँ: गत दिनको लगातार वर्षाका कारण प्रभावित बनेका जयगाउँ १ अन्तर्गतका खारखोला, जोगीखोला र गोवरजिती नदी लगायतका क्षेत्रहरूको आज राज्य गृह तथा पहाडी मामिला, अल्पसंख्यक मामिला तथा मदरसा शिक्षा मन्त्री विशाल लामाद्वारा
स्थलगत निरीक्षण गरिएको छ। सिँचाई विभागका अधिकारीहरू तथा स्थानीय बासिन्दाहरूको उपस्थितिमा उक्त क्षेत्रहरूको निरीक्षण गर्दै प्राकृतिक विपत्तिले पुर्याएको क्षतिको मूल्याङ्कन गरियो।

निरीक्षणका क्रममा प्रभावित नागरिकहरूलाई शिघ्र राहत तथा समस्याको स्थायी समाधानका लागि चाल्नुपर्ने आवश्यक कदमहरूका बारेमा विस्तृत छलफल भएको छ। विपद्को यस घडीमा जनताको सुख-दुःखमा सधैं साथ रहने र नागरिकको सुरक्षाका लागि प्रतिबद्ध भएर काम गर्ने आश्वासन समेत मन्त्रीले
दिएका छन्।










