जनतालाई धन्यवाद ज्ञापन गर्न खरसाङमा भाजपाको बिजय उत्सव ऱ्याली

IMG-20260519-WA0085

खरसाङ: भारतीय जनता पार्टीको आयोजनामा खरसाङमा विजय उत्सव मनाउँदै बिजय ऱ्यालीको आयोजना गरेको छ। उक्त बिजय ऱ्याली खरसाङको टुरिस्ट लजबाट शुरु भएर राष्ट्रिय राजमार्ग ११० हुँदै अस्पताल मोडबाट हिल कार्ट रोड भएर खरसाङ बजार परिक्रमा गर्दै मोटर स्ट्याण्डसम्म पुगेको थियो। मोटर स्ट्याण्डमा पुगेर बिजय ऱ्याली पथ सभामा परिणत भएको छ। उक्त विजय ऱ्यालीमा दार्जिलिङका सांसद राजु विष्ट, खरसाङका नवनिर्वाचित विधायक सोनाम लामा, भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए। यसपालीको विधानसभा चुनावमा खरसाङ विधानसभा समष्टिको जनताले भारी मतले विजयी बनाएकोमा खरसाङका जनतालाई धन्यवाद ज्ञापन गर्नलाई उक्त बिजय ऱ्यालीको आयोजना गरिएको छ। उक्त ऱ्यालीको अवधि सांसद राजु विष्ट, नवनिर्वाचित विधायक सोनाम लामा र भाजपा जिल्ला अध्यक्ष सञ्जीव लामाले गाडीमा सवार भएर खरसाङका जनतालाई अभिवादन गर्दै धन्यवाद दिएका छन्। यसावधि जनताले तीनैजनालाई ठाउँ ठाउँमा खदा लगाएर जीतको बधाई दिएका छन्।‌ मानिसहरुले ठाउँ ठाउँमा सांसद र विधायक साथै भाजपाको पदाधिकारीहरुलाई स्वागत जनाएका छन्। यस विजय ऱ्यालीमा खरसाङमा जय श्रीरामको नारा गुञ्जायमान भएको थियो। रैली र पथसभालाई शुभ प्रधानले सञ्चालन गरेका थिए भने यसमा भाजपा जिल्ला महासचिव सुजेन्द्र राई, सचिव बिनय प्रसाद, नारी मोर्चा दार्जिलिङ जिल्ला अध्यक्षा रोमा छेत्री, जिल्ला उपाध्यक्ष आरबी लामा, प्रवक्ता निरज थापा, कानुनी सल्लाहकार रमेश अग्रवाल लगायत अन्य पदाधिकारीहरु र गोरामुमो पदाधिकारीहरु र कार्यकर्ताहरु पनि उपस्थित रहेका थिए‌।

About Author

Advertisement