जनचेतनामुलक कार्यक्रम

IMG-20220623-WA0133.jpg

गोरूवथान। बिहीबारको दिन करीतास इन्डियाद्वारा प्रायोजित, अनुज्ञालय संस्थाको तत्त्वधानमा कुवापानी माध्यमिक शिक्षा केन्द्रका विद्यार्थीहरुलाई लिएर एउटा जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको जानकारी प्राप्त भएको छ। बाल सुरक्षा कर्मी प्रदेश राई युएनसिआरसी अन्तर्गत मुख्य चार अधिकार १) जिउनु पाउने अधिकार, २) सुरक्षाको अधिकार,३) भाग लिनु पाउने अधिकार अनि ४) विकाशको अधिकार बारे नानीहरूलाई बताउँदै कार्यक्रम शुरुवात गरे। जसमा संस्थाको परिचय एवं संस्था अन्तर्गत रहेको विभिन्न परियोजनाहरुबारे बाल सुरक्षा कर्मी उज्ज्वल राईले विस्तारमा बताए।यस कार्यक्रममा नानीहरुलाई गुड टच एवं बेड टच, बाल यौन शोषण, यस अन्तर्गत पाक्सो कानुन बारेमा नानीहरुलाई जानकारी प्रदान गरियो। यसबाट कसरी बच्ने भन्दै यसका उपायहरुबारे नानीहरूलाई बताए। बाल विवाह एवं यसको नकारात्मक असर के के हुन् अनि यसले नानीहरूलाई कसरी असर गर्छ भन्ने बारेमा पनि विस्तारमा बताए। उक्त कार्यक्रममा विद्यालयका पक्षबाट इन्चार्ज, फुर्तेम्बा शेर्पा एवं शिक्षक नर्बु शेर्पाको उपस्थिति रहेको थियो। लगभग ५० भन्दा अधिक विद्यार्थीहरूले यस कार्यक्रममा उत्साहपूर्वक अंशग्रहण गरेको थिए।

About Author

Advertisement